दशैंका लागि अग्रीम टिकट बुकिङ आजदेखि खुल्यो

काठमाडौं । दशैं, तिहार र छठ पर्वकाका लागि आजदेखि अग्रीम टिकट बुकिङ खुला भएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाडौं नयाँ बसपार्क, सुन्धारा, पुरानो बसपार्क, कलंकी, गौशाला कोटेश्वरलगायत स्थानबाट अग्रीम टिकट बुकिङ गर्न सकिने छ । बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म अग्रीम टिकट खुल्ला गरिने छ ।
टिकट लिने भिडमा ठगिने तथा समस्यामा पर्न सकिने भएकाले काउन्टरबाटै टिकट लिन महासंघले अनुरोधसमेत गरेको छ । यसपटक यात्रुहरूको सुविधा , सुरक्षा र बस छुट्ने समयमा बढी प्राथमिकता दिएको महासंघले जनाएको छ ।
टिकट नलिएको यात्रुलाई चढ्न नदिने, बसमा शंकास्पद वस्तु भेटिए प्रहरीलाई बुझाइने, क्षमताभन्दा बढी यात्रु नचढाउने महासंघले जनाएको छ। दशैं काठमाडौंबाट विभिन्न जिल्ला जाने यात्रुको अत्यधिक चाप हुने भएकाले यातायात ब्यवसायीले अग्रीम टिकट बुकिङ खुलाउदै आएका छन् । प्रत्येक वर्ष दशैं मनाउन काठमाठौं उपत्यकाबाट लाखौँको संख्यामा यात्रु उपत्यका बाहिर जाने गर्दछन्।
अग्रीम टिकट बुकिङ