News अपराध सुरक्षा अर्थ

बैक अफ काठमाण्डूमा करोडौंको घोटाला : पूर्व सीइयाेसहित बै‌कका बहालवाला कर्मचारी पक्राउ

बैक अफ काठमाण्डूमा करोडौंको घोटाला : पूर्व सीइयाेसहित बै‌कका बहालवाला कर्मचारी पक्राउ

काठमाडाैँ  - नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण लिएको आरोपमा ऋणी सुरेन्द्र श्रेष्ठ पक्राउ परेका छन्। उनी पक्राउ परेसँगै अन्य थप १० जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा एसपी बेल बहादुर पाण्डेका अनुसार नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण दिएको अभियोगमा बैक अफ काठमाडौका पूर्व कार्यकारी अधिकृत अजय श्रेष्ठ र बैकका बहालवाला कर्मचारीसहित ८ जना कर्मचारी पक्राउ परेका छन्। उनले भने,यस काण्डमा जम्मा ११ जना अहिले सम्म पक्राउ परिसकेका छन्।'

खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक ५ करोड रुपैयाँ रकम स्वीकृत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलगायत छन् ।

कीर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए। उनीहरुले झापाको नक्कली लाल पूर्जा र इटहरीको कमसल जग्गालाई धरौटी बनाएर साढे चार कोरड रुपैयाँ हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

विशेष