ट्राफिक प्रहरीलाई आइजिपी खनाले दिए यस्तो कडा चेतावनी
काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले ट्राफिक प्रहरीभित्र भ्रष्टाचार नभएको दाबी गरेका छन् प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनभित्र पनि सुशासनको साथै भ्रष्टाचारलाई नियन्त्रण गर्न कडा कदम चालिने बताए। उनले भने,‘ट्राफिक प्रहरीभित्र अनियमितता भएको पाइए कडा कार्वाही गरिनेछ।’
आइतबार १५ दिन ट्राफिक स्वायम्सेवक परिचालन कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई सफल बनाउन पनि नेपाल प्रहरी कटिवद्ध भएर लागि परेको स्पष्ट पारे।
उनले चालू आर्थिक वर्षलाई ट्राफिक व्यवस्थापन अभियानकै रुपमा सञ्चालन गरेर यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरीको भूतपूर्व संगठनहरु पनि स्वयम्सेवकको रुपमा परिचालन हुने अपेक्षा समेत गरे ।प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि युवाहरुको परिचालनमा जोड दिने पनि बताए ।