News राजनीति

ओली नेतृत्वको सरकारमाथि देउवाको कडा प्रहार, 'ठूलै आर्थिक चलखेल भयो'

ओली नेतृत्वको सरकारमाथि देउवाको कडा प्रहार, 'ठूलै आर्थिक चलखेल भयो'

काठमाडाैँ - पछिल्लो समय सरकारको काम कारवाहीलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सडकदेखि सदन तताइरहेको बेला केपी ओली नेतृत्वको सरकारले फेरि त्यस्तै काम गरेको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको पछिल्लो काम कारवाहीको चित्त नबुझिरहेको बेला फेरि ठूलै आर्थिक चलखेल हुने गरी ओली नेतृत्वको सरकारले काम गरेको आरोप लगाएका छन्।

नैनसिंह महरद्धारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उनले ओली सरकारले शुन्य सहनशीलता कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको आरोप लगाए।

उनले विनाप्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप समेत लगाए।

सभापति देउवाले संविधान र कानुन विपरित बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गरे। विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाइएको छ,’ सभापति देउवाको आरोप थियो।

उनले थप्दै भने,‘ संविधान र कानुनी रुपमा पनि विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट स्पष्ट हुन्छ कि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको छ।’ 

सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दै त्यो सैह्य नहुने चेतावनी पनि दिए।

विशेष