News Breaking News राजनीति

‘नेकपा सरकारका काण्डैकाण्ड’ : एक सय २० बढी जनविरोधि काण्डकाे पर्दाफास!

‘नेकपा सरकारका काण्डैकाण्ड’ : एक सय २० बढी जनविरोधि काण्डकाे पर्दाफास!

काठमाडाैँ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले पूर्व अध्यक्ष तथा नेताले दुई तिहाईको केपी ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन्।

 अध्यक्ष नैनसिंह महरले लेखेको पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा विमोचन गरिएको छ। उनले ओली सरकारले शुन्य सहनशीलता कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको आरोप लगाए। 

पार्टीले संस्थागत रुपमा सरकारको सर्वसत्तावादी चरित्रका विरुद्ध खासै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला महरले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रममा महरले पुस्तकमा वर्तमान सरकारको पालामा भएका सुन काण्ड, सिन्डिकेट काण्ड, निर्मला काण्ड, ठेक्कापट्टा काण्ड, गाइ काण्ड, भ्रष्टाचर काण्ड, विधेयक काण्ड, बालुवाटार काण्ड, गुठी काण्ड, बजेट काण्डलगायत एक सय २० बढी सरकारका जनविरोधि काण्ड समेटेको बताएका छन्।

‘सरकारको असली रुप जनतासामु ल्याएर सरकारका गलत कामको पर्दाफास गर्न यो पुस्तक लेखिएको हो,’ उनले भने। उनले अहिलेसम्म कुनै पनि सरकारले वर्तमान सरकारको जस्तो काण्डै–काण्ड नगरेको तर वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी हुनुभन्दा दुई तिहाइको दम्भमा एकपछि अर्को काण्ड गर्दै अगाडि बढेकाले आफू पुस्तक लेख्न बाध्य भएको बताएका थिए।

नेता महरले जनतालाई गुमराहमा राखेर सरकारले देशमा कम्युनिस्ट तानाशाहीवाद लाद्न खोजेको र त्यो आफूहरूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।

पछिल्लो समय सरकारको काम कारवाहीलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सडकदेखि सदन तताइरहेको बेला केपी ओली नेतृत्वको सरकारले फेरि त्यस्तै काम गरेको छ। कांग्रसका सभापति शेरबहादुर देउवाले सरकारको पछिल्लो काम कारवाहीको चित्त नबुझिरहेको बेला फेरि ठूलै आर्थिक चलखेल हुने गरी ओली नेतृत्वको सरकारले काम गरेको आरोप लगाएका छन्।

सभापति देउवाले सरकार राज्यका सबै सत्ताहरू आफ्नो हातमा लिएर सर्वसत्तावाद मार्फत कम्युनिस्ट अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए। सर्वसत्तावादको खिलाफमा जनमत तयार गर्न महरको पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने सभापति देउवाको विश्वास थियो।

सभापति देउवाले संविधान र कानुन विपरित बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गरे। विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाइएको छ,’ सभापति देउवाको आरोप थियो।

यस्तै महामन्त्री कोइरालाले जतालाई सुसूचित गराउनु पर्नेमा यो पुस्तक उत्कृष्ट हुने बताए। उनले सरकारलाई बुझ्न नेता महरले लेखेको पुस्तक पढ्दा पर्याप्त जानकारी हुने धारणा राखेका थिए। उनले प्रत्यक नेपालीले सरकारका काला कर्तुतबारे जानकारी प्राप्त गर्न यो पुस्तक एकपटक पढ्नै पर्ने बताएका थिए। महामन्त्री कोइरालाले पुस्तकले प्रजातन्त्रको पक्षमा माहोल सिर्जना गर्नसमेत भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

यस्तै अन्य वक्ताहरूले नेपाली कांग्रेसले इतिहासमा नै पहिलोपटक डकुमेन्टेसन गरेर सरकारको कम्युनिस्टकरणको पर्दाफास गर्न ‘काण्डै–काण्ड’ नामक पुस्तक प्रकाशन भएको चर्चा गरेका थिए। देशभरका महाधिवेशन प्रतिनिधि, जिल्लाका भातृ संस्था, जिल्ला अध्यक्ष पदाधिकारी, स्थानीय प्रदेश र संघमा कांग्रेसबाट बनेका उम्मेदवार र शुभेच्छुकको नाममै पुस्तक घर घरमा पुर्‍याउने योजना रहेको पार्टीले जनाएको छ।

कांग्रेसको दोस्रो जागरण अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा हुने सरकारविरुद्धको प्रर्दशनमा एकसाथ पुस्तक सार्वजनिक गरिने बताइएको छ। पार्टीले संस्थागत रुपमा सरकारको सर्वसत्तावादी चरित्रका विरुद्ध खासै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला महरले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

विशेष