'लगानीअनुसार फल प्राप्त नहुँदा कर्मचारीको संख्या कटौती गरिन्छ'
काठमाडौं– पछिल्लो समय सरुवा गरेको स्थानमा सरकाले पठाएको कर्मचारीहरु कार्यस्थलमा नजाने र खटाएको स्थानमा गएपनि उपलब्धिमूलक काम नगर्दा भएको छ।
जसकारण सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने निर्णयमा पुगेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लगानी छ तर फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको पनि स्पष्ट पारे । मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो पनि गरे । निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री पण्डितको भनाई थियो ।