ट्राफिक प्रहरीको कडा चेतावनी : मापसे गरेको पाइए..

ट्राफिक प्रहरीको कडा चेतावनी : मापसे गरेको पाइए..

काठमाडौं – मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कारवाही गर्ने चेतावनी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।

चाडपर्वका बेला मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कारवाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । उनका अनुसार त्यसका लागि ठाउँठाउँमा सवारी चालकहरुको चेकजाँचको व्यवस्था गरिएको छ । 

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख ढकालले दशैंमा संचालन हुने सबै यातायातको साधनमा दुई जना चालकको अनिवार्य व्यवस्था गर्न पनि यातायात व्यवसायीहरुलाई नसिहतसहित सचेत गराएका छन ।

उनले भने,‘ ट्राफिक नियमको पालना नगरेको पाइएमा प्रहरीले कडा कार्वाही गर्नेछ । प्रमुख ढकालले दशैैंका लागि टिकट बुकिङ काउन्टरहरुमा लुटपाटजस्ता अपराधिक गतिविधि हुन नदिन सादा पोशाकका प्रहरी व्यापक रुपमा परिचालन गरिएको पनि स्पष्ट पारे ।

संम्बधित खबर

विशेष