१९ बर्षपछि दोहोरियो इतिहास, जेनिफरको यो कस्तो लुक

लन्डन– फिल्म दुनियाँमा हमेसा अभिनय र बोल्ड लुकको कारण चर्चामा रहने हलिउड अभिनेत्री जेनिफर लोपेज हर समय उनका तस्बिरले शोसल मिडियामा तहल्का मच्चाउने गरेका छन् ।
अभिनेत्री जेनिफर लोपेज शुक्रबार मिलान फेसन विकमा देखिएकी थिइन् । फेसन विकमा उनी ग्रिन कलरको जंगल ड्रे««समा र्याम्प वाक गरिन् । उमेर ५० लागेकी जेनिफरको उक्त र्याम्प शो दर्शकमा पसिना छुटाउने थियो । र्याम वाकको समय उनको किलर फिगरले धेरैको सास थामिएको थियो ।
सो अवसरमा उनी उनी निकै सेक्सी तथा हट अवतारमा प्रस्तुत भएकी थिइन् । अहिले उक्त र्याम्प शोका तस्बिर शोसल मिडियामा तिबै गतिमा भाइरल भइरहेका छन् ।