नेपालकाे तर्फबाट पर्यटन बोर्डका सीईओ जोशीले पाए अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं - नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।उनी लण्डनमा ‘च्याम्पीयन सीप इन च्यालेन्ज अवार्ड’बाट सम्मानित भएका हुन्।
जोशीलाई ‘ईन्टरनेशनल ईन्स्टीच्युट फर पिस थ्रू टुरीजम’ नामक संस्थाले उक्त अवार्ड’बाट सम्मानित गरेको हो । युएनडब्लुटिओका पुर्व महासचिव डा। टेल रिफाईले उक्त अवार्ड हस्तान्तरण गर्दै सम्मान गरेका हुन्।
४० देशका करीब ३ सय जना पर्यटन क्षेत्र सँग सरोकार राख्ने देशका प्रतिनिधीहरु कार्यक्रममा सहभागी थिए । अर्वाड प्राप्त गरेपछि प्रमुख कार्यकारी अधिकृत जोशीले अर्वाडले आफूलाई जिम्मेवारी वोध गराएको प्रतिक्रिया दिए ।
‘यो अवार्डको हकदार हामी सबै हौं, देश भूकम्पले थिलोथिलो परेपछि निकै चुनौतिपूर्ण बनेको पर्यटन क्षेत्रलाई हामीले चलायनमान बनाइराख्यौं, यसैकारण अवार्ड प्राप्त गर्न सफल भयौं’, उनले भने । यो अवार्ड नेपालले पहिलो पटक पाएको हो । नेपालसहित जमैकाले पनि अवार्ड पाएको छ ।