प्रवास विदेश

मोदी कुटनीति : फकाएर फाइदा लिने (भिडियो सहित)

मोदी कुटनीति : फकाएर फाइदा लिने (भिडियो सहित)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई साक्षी राखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा रहेका ५० हजार भारतीयलाई सम्बोधन गरेका छन् । अमेरिकाको ह्यूस्टनमा भएको ‘हाउडी मोदी’ नाम दिइएको विशाल सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफूहरुले नयाँ इतिहास लेखेको दावी गर्दै यो विशाल मानवसागर अमेरिका–भारतबीच बढेको गहिरो निकटताको प्रमाण भएको बताए । हिन्दी र गुजराती दुवै भाषामा सम्बोधन गरेका मोदीले भने– ‘यो कार्यक्रममा उपस्थित हुन हजारौंले नाम रजिष्ट्रेन गरेपनि ठाउँको अभावका कारण सबैले उपस्थित जनाउन सकेनन् । ती हजारौं भारतीय जनताप्रति म माफी माग्छुु ।’


 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आफूबीचको सम्बन्धलाई इंगित गर्दै प्रधानमन्त्री मोदीले भारत–अमेरिकी सम्बन्धले ‘हिस्ट्री’ मात्र बनाएको नभई नयाँ ‘केमेस्ट्री’ पनि बनाएको उल्लेख गरे । प्रधानमन्त्री मोदीले भने– ‘हाम्रो लिबरल प्रजातान्त्रिक समाजका कारण भारतमा धेरै थरिका भाषा, अनेकौं संस्कृति र परम्परा, अलग अलग पन्थ, दर्जनौं सम्प्रदाय, खानपान, भेषभूषा रहेको छ । त्यति मात्र होइन अलग अलग मौसम र ऋतुले यस धर्तीलाई अद्भूत बनाइदिएको छ । यसरी विविधतामा एकता नै हाम्रो धरोहर हो । भारतभित्र रहेको यही विविधतामा एकता गतिशील लोकतन्त्रको आधार हो । यही नै शक्ति र प्रेरणा हो ।’
प्रधानमन्त्री मोदीले कार्यक्रममा राष्ट्रपति मोदीको उच्च प्रशंसा गरे । उनले आगामी अमेरिकी निर्वाचनमा आफ्नो पार्टीले गत लोकसभा निर्वाचनमा ‘आगामी बार, मोदी सरकार’ भनेर लगाएको नाराजस्तै ‘अबको बार, ट्रम्प सरकार’ भन्दै ट्रम्पको उत्साह बढाए । 

यसअघि सभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० हजार भारतीय समुदायबीच आफू उपस्थित हुन पाउँदा खुशी लागेको उल्लेख गर्दै भने– ‘भारतीय प्रधानमन्त्री मोदी धेरै राम्रो काम गर्दै हुनुहुन्छ । दुई देशबीच घनिष्ट सम्बन्ध छ । हाम्रा सपना साझा छन् । भविष्य उज्ज्वल छ । यस्तो ऐतिहासिक कार्यक्रममा आउन पाउँदा अत्यन्त प्रसन्न छु ।’

">

‘मलाई हरेक प्रवासी भारतीय प्रति गर्व छ । अमेरिकामा रहेका भारतीयप्रति अझ ठूलो गर्व छ । मोदीको नेतृत्वमा भारत अझ बलियो बन्दै गएको छ । संसारले मोदी नेतृत्वको भारतलाई शक्तिशाली पाउने छ ।’ ट्रम्पले थपे– ‘मोदीको कार्यकालमा ३० करोड मानिसले गरिबीबाट मुक्ति पाए । सवा करोड जनता मध्य वर्गबाट माथि उठे । त्यसैगरी अमेरिका पनि अर्थव्यवस्थामा नयाँ रेकर्ड बनाउन सफल भएको छ । दुवै देशको संविधान जनताप्रति समर्पित छन् । 

उता भारतका विपक्षी पार्टीहरुले भने मोदीले ट्रम्पको पक्षमा चुनावी प्रचार गरेर भारत सरकारको कुटनीति मर्यादा नाघेको आरोप लगाएका छन् । 

डोनाल्ड ट्रम्प नरेन्द्र मोदी

विशेष