News

सरकारद्वारा खसीबोका आयातमा कडाई, दशैंमा मासु महँगो हुने

सरकारद्वारा खसीबोका आयातमा कडाई, दशैंमा मासु महँगो हुने

काठमाडौं । सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाई गरेपछि दशैँमा मासु महँगो हुने भएको छ । व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी १५ सयभन्दा माथि पुग्न सक्नेछ ।

हाल काठमाडौं उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सकरकारले भारतबाट आयात हुने खसीबोकामा कडाई गरिरहेको छ ।

चौपाया खरीद विक्री संघका अनुसार दशैँ तिहारको समयमा उपत्यकामा मात्र करीब ५० हजार खसीबोकाको माग हुन्छ । उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन थालेको छैन । यो समाचार आर्थिक अभियान दैनिकबाट लिइएको हो । 

खसीबोका दशैं मासु

विशेष