News

सोह्र बर्षे किशोरीको भाषणले खिच्यो विश्वको ध्यान

सोह्र बर्षे किशोरीको भाषणले खिच्यो विश्वको ध्यान

संयुक्त राष्ट्र जलवायु सम्मेलनमा १ सोह्र बर्षे किशोरी क्रेटा थानबर्गले विश्वव्यापी नेताहरुलाई खुल्ला चेतावनी दिएकी छन्। क्रेटाले भनिन कि यदि विश्वभरका नेताहरूले मौसम परिवर्तनसँग सामना गर्न असफल भए भने युवा पुस्ताले तिनीहरूलाई कहिले पनि माफ गर्ने छैनन। क्रेटाले आफ्नो सम्बोधनको सुरूमा भनिन  म यस समयमा स्कूलमा हुनुपर्दथ्यो , तर अवस्थाले गर्दा म यहाँ उभिएकी छु।

आफ्नो भावनात्मक भाषणमा क्रेटाले भनेकी थिईन तपाईहरुको खोक्रो शब्दले  मेरो बाल्यकाल र मेरा सपनाहरू खोस्नु भयो,  । मानिस मर्दैछ, वातावरण बिग्रँदैछ, हामी व्यापक विनाशको बाटोमा छौं । तपाईं सबै पैसा र आर्थिक विकासको लागि  कुरा गर्दैहुनुहुन्छ,  तपाईले त्यसो गर्ने हिम्मत कसरी गर्नुभयो । 


क्रेटाले भनिन विगत ३० बर्षको वैज्ञानिक तथ्या  हाम्रो अगाडि छ, तर राजनीतिक प्रयास र समस्या समाधान गर्न समाधानहरू कतै देखिएको छैन। क्रेटाले भनिन  युवा पुस्ताले अब विश्वव्यापी नेताहरूको चाल बुझ्न थालेका छन्

विशेष