कालिमाटीबाट भागेको राँगोलाई न्युरोडमा गोली हानी मारियो
काठमाडौं । कालीमाटीबाट भागेको राँगोलाई प्रहरीले न्युरोडमा गोली हानी मारेको छ।
मंगलबार बिहान उपत्यका बाहिरबाट ल्याइएको राँगो कालीमाटीबाट उम्किएर भागेको थियो। उक्त राँगोलाई प्रहरीले काठमाडौंको न्युरोडमा गोली प्रहार गरी मारेको हो।
महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगोलाई गोली हानेको हो । राँगाले हानेर केही मानिस पनि घाइते भएका छन् । विहानै सबेरै घटना भएकाले सडकमा धेरै मानिस नभएकाले ठूलो क्षति हुन नपाएको महानगरीय प्रहरीले जनाएको छ। घाइतेहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।
राँगाको आक्रमणबाट तीनजना मानिस घाइते भएका प्रहरीले जनाएको छ । राँगाले हानेर एउटा कारमा पनि क्षति पुगेको बताइएको छ ।
यसअघि पनि राँगोले हानेर चन्द्रगिरी नगरपालिकामा दुई जनाको ज्यान गएको थियो भने शहीद गेट क्षेत्रमा वितन्ड बच्चाउने एउटा राँगोलाई जिउँदै समातिएको थियो।