कक्षा ११ को परीक्षाफल सार्वजानिक, तीन लाख ४९ हजार उत्तीर्ण [यसरी हेर्नुहोस नतिजा]
काठमाडौं : कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बिहान १० बजे कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको हो।
कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए । जसमध्ये तीन लाख ४९ हजार ६०३ जना उत्तीर्ण भएका छन् ।
३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २३१९ जना छ । ३.२१ देखि ३.६० सम्म १३ हजार ७७२, २.८१ देखि ३.२० सम्म ३२ हजार २५३ र २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६ रहेको छ ।
अघिल्लो वर्ष भन्दा यसपटक नतिजा छिटो सार्वजनिक भएको हो। यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।