विप्लव समूहका ललितपुर जिल्ला इन्चार्ज पक्राउ
काठमाडौं - महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ ५ बजे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ललितपुर जिल्ला इन्चार्ज नविन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । विश्वकर्मालाई ललितपुरको महालक्ष्मी नगरपालिका ३ स्थित बोझेपोखरीबाट पक्राउ गरेको हो ।
प्रहरीले प्र.३–०२–००३ प।५१३१ नं।को कालो रङ्गको पल्सर मोटरसाईकल, नेकपा विप्लव समूहसँग सम्बन्धित पुस्तक, डायरी र केही मोबाइलसहित सिमकार्डहरु समेत विश्वकर्माको साथबाट बरामद गरिएको जनाएको छ । मंगलबार विश्वकर्मालाई जिल्ला अदालत ललिलतपुरमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ । हितमान उपनाम गरेका विश्वकर्मा कालिकोट साबिक कोटवाडा गा।बि।स।७ ९परिवर्तित नाम० नरहरिनाथ गापा।वडा नं।१ का स्थायी बासिन्दा हुन् ।
ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा २०७५ साल फागुन १० गते बम विष्फोट गराउने कार्यमा संलग्न रहेको आरोपमा फरार सूचीमा राखेको थियो । सो घटनाको नेतृत्व गरेको आरोपमा विप्लव समूहका नेता हेमन्तप्रकाश ओली लगायतका केही कार्यकताहरु यसअघिनै पक्राउ परिसकेका छन् । बम विष्फोटमा परेर ४९ वर्षीय सिंहबहादुर गुरुङ्गको मृत्यु भएको र २६ वषीय प्रतिक्षा शर्मा ९खड्का०, र २५ वर्षीया उरुषा मानन्धर घाइते भएका थिए ।