News

कृषि विकास बैङ्कको रकम चोर्ने मुख्य योजनाकार ‘काले’ को हुन्?

कृषि विकास बैङ्कको रकम चोर्ने मुख्य योजनाकार ‘काले’ को हुन्?

काठमाडाै - कृषि विकास बैङ्कको रकम चोर्ने मुख्य योजनाकार काले भनिने पिटर अन्तराष्ट्रिय अपराधी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अफ्रिकी मुलका काले नेपालका बैङ्कहरुबाट रकम चोर्ने योजना भारतमै बनाएका थिए।

लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुबाट (५० मिलियन डलर) ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । 

एसएसपी थापाका अनुसार मुख्य नाइके भनिएका पिटरले नेपाली भाषा पनि बोल्न जानेका छन् । एसएसपी थापाले भने, ‘पिटरले नेपालीसँगै हिन्दी, अंग्रेजी पनि बोल्न सक्छन् ।’

पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास कैङ्क, कैलाश विकास बैङ्क र नबिल बैङ्क तथा पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम चोरेको प्रहरीको दाबी छ । 

प्रहरीले विदेशी ह्याकरले नेपाली बैंकरबाट करिब ५ अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएको जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार योभन्दा धेरै रकम ह्याक गर्ने र लुट्ने योजना बनाएको देखिएको हो।'भारतमा बसेर बैंकबाट पैसा लुट्ने योजना बनाएको देखिन्छ,'महाशाखाका एसपी थापाले भने, 'उनीहरुले ५ अर्ब रुपैयाँ लुट्ने लक्ष्य लिएका रहेछन्।'

लुट मच्चाउन सक्रिय उनीहरुले कृषि विकास बैंकका कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ६३ लाख रुपैयाँ ट्रान्सफर गरेका थिए। ट्रान्सफर गरेको रकममध्ये ६० लाख रुपैयाँको नोट उनीहरुले निकालिसकेका थिए। धनगढीबाटमात्रै १९ लाख रुपैयाँ निकालिएको थियो।

लुटका लागि उनीहरुले कृषि विकास बैंकको लहान शाखाबाट कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। एजेन्टका रुपमा प्रयोग भएका व्यक्तिहरु पक्राउ परेको भए पनि लुटको सुत्रधार को भन्ने खुल्न सकेको छैन। वीच्याट मार्फत् एजेन्ट र उनीहरुलाई लुटमा सक्रिय गराउनेबीच सम्बन्ध भएको देखिएको एसपी थापाले जानकारीदिए।

कृषि विकास बैंकका कर्मचारीको आइडी प्रयोग गरेर उनीहरुले एक पटकमा ९९ लाख रुपैयाँसम्म ट्रान्सफर गरेको देखिएको छ। ुकर्मचारीको आइडी उनीहरुको मिलेमतोमा दिइएको हो या ह्याक भएको भन्ने खुलिसकेको छैन,ु थापाले भने, ुयसमा अनुसन्धान जारी छ।ु

पहिलो पटक असोज ५ गते आइतबार पानस रेमिटेन्सबाट एकै व्यक्तिले ६० लाख रुपैयाँ झिकेका थिए। उनलाई प्रहरीले पछ्याउँदा ३० लाख नगदसहित पक्रन सफल भएको थियो। समातिएका मार्फत् नै प्रहरीले १२ जनालाई नियन्त्रणमा लिन सकेको हो।
रकम लुट्ने व्यक्तिहरुले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुण्डीमार्फत भारत पठाउने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले बैङ्कबाट रकम चोरी गरेको आरोपमा राजधानीसहित विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १२ जनामाथि नै बैकिङ कसुर सम्बन्धी संगठित अपराधमा मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

विशेष