कृषि विकास बैंक रकम चोरी आशंकामा ११ जना पक्राउ

कृषि विकास बैंक रकम चोरी आशंकामा ११ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कृषि विकास बैंक चोरीको आंशकामा ११ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । कृषि विकास बैंकको खातामा रहेको करिब तीन करोड रकम ह्याकर समूहले आफ्नो खातामा ट्रान्सफर गरेका थिए । खाताबाट रकम ट्रान्सफर गरी रुपैयाँ निकाल्दा-निकाल्दै प्रहरीले उनीहरूलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरिने बताए। उजका अनुसार ती समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए।

बैंकबाट करिब ३ करोड रुपैयाँ विभिन्न व्यक्तिको नाममा ट्रान्सफर भएको छ। कृषि विकास बैंकका लहान शाखाका दुईजना कर्मचारीको खाताबाट रकम चोरी भएको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंकको लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे।

ह्याकरको समूहले सिस्टम ह्याक गरेर काठमाडौंको न्युरोडबाट उक्त रकम चोरी गरेको प्ररम्भिक सूचना लहान प्रहरीमा पुगेको लहान प्रहरीले बताएको छ। मंगलबार काठमाडौंमा भएको उक्तको सामान्य विवरणमात्र लहान प्रहरीलाई दिएकाले घटनाको विस्तृत विवरण भने आउन भने बाँकी नै छ।

यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो। तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको छ। यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो। जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ गरेको थियो् । २ चिनियाँ भने अझै फरार छन्।

चोरी कृषि विकास बैंक

संम्बधित खबर

विशेष