धनुषामा करेन्ट लागेर ३ जनाको ज्यान गयो !
धनुषा असोज ०८ , धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनकी श्रीमती र एक कामदार रहेका छन्।
घरमा सुतिरहेको बेला बिजुलिको लाईन सर्ट भाई तार खस्दा करेन्ट लागि उनिहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ् ।
महतोले पोर्ताहामा पुर्वेली स्टाफ होटल चलाउँथे। सोही होटलमा सुतिरहेका महतो, उनकी श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
मृतक कामदारको भने अझैसम्म पनि पहिचान खुल्न सकेका छैन्।
मृत्यु भएका तिनै जनाको शव अञ्चल अस्पताल जनकपुरमा ल्याइएको छ।