मेडिकल कलेजहरूको चेतावनी : यथास्थितिमा एमबिबिएस र बिडिएसमा विद्यार्थी भर्ना सक्दैनौँ

मेडिकल कलेजहरूको चेतावनी : यथास्थितिमा एमबिबिएस र बिडिएसमा विद्यार्थी भर्ना सक्दैनौँ

काठमाडौं : निजी मेडिकल कलेजको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले शैक्षिक सत्र २०७६/७७ मा  एमबिबिएस / बिडिएसमा विद्यार्थी भर्ना गर्न नसक्ने चेतावनी दिएको  छ।

एसोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले निजी मेडिकल कलेजलाई बन्द गराउने अभिप्रायले कलेजको सिट संख्या, शुल्क निर्धारण, विदेशी विद्यार्थीको भर्नासम्बन्धी स्पष्ट नीति नभएको भन्दै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरिएको लेखिएको विज्ञप्तिमा विभिन्न पाँच बुँदे माग समेत राखिएको छ। कलेजहरूको बेथितिका बारेमा सबै पक्षसँग छलफल गरी शुल्क तोक्न पनि उनीहरूले माग गरेका छन्।

मेडिकल कलेज

संम्बधित खबर

विशेष