दसैं नजिकिएसँगै बढ्यो चोरको बिगबिगी, गुल्मीमा तीन दिनमा ४४ घरमा चोरी !
गुल्मी असोज ८ , चाडपर्व नजिकिए सँगै देशमा चोरीको बिग्बिगी बढ्न थालेको छ् । तीन दिनको अवधिमा गुल्मी जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको छ् ।
यसरी चोरी भएका मध्ये गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा र् रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताए का ।छ्न
रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी लगेको स्थानीयवासीले बताएका छन् । त्यस्तै चोरी गर्नेहारुले प्रति घरबाट रु पाँच हजारदेखि २५ हजारसम्म नगदसहित पाँच तोलासम्म सुन गरी लाखौँ रकम बराबरको सामान चोरी गरेको बताइएको छ
यसरी गाउँमा चोरीको घटना बढ्न थालेपछी ठाउँं ठाउँमा प्रहरी गस्ती गठन गरिएको छ् । साथै घटनाको खोजी र जानकारीका लागि सादा पोशाकमा प्रहरी समेत् खटाइएको छ् ।