News

जङली च्याउ खादा पाल्पामा ५ जना बिरामी परे !

जङली च्याउ खादा पाल्पामा ५ जना बिरामी परे !

बुटवल असोज ८ , पाल्पामा जङली च्याउ खाएर ५  जना बिरामी परेका छ्न । घर नजिकैको जङलबाट ल्याएको जङली च्याउ  मंगलबार राती तरकारीका रुपमा खादा उनिहरु ५  जना नै बिरामी परेका हुन ।

पाल्पामा उपचार हुन नसेकपछि उनीहरुको बुटवलको सिद्धबाबा हस्पिटलमा उपचार भइरहेको छ । त्यस्तै बिरामीमध्ये ३ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ ।  भने उनिहरु अब खतरा मुक्त रहेको चिकित्सकले जनाएका छ्न . 

बिरामी पर्नेमा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए । 
 

विशेष