झाडीमा थन्किए, सरकारी गाडी (फोटोफिचर)

सरकारी कर्मचारी र जनप्रतिनिधिलाई सुविधाका नाममा अरबौंका सवारी साधन खरिद गरिएका छन् । मर्मत गरेर चलाउनेमा कसैको ध्यान छैन । मुलुकको प्रशासनिक मुख्यालय समेत यस्तै पुराना गाडीको कवाडखानाजस्तै छ । काम नलाग्ने गाडी न बेचविखन गरिएका छन, न मर्मतयोग्य गाडी मर्मत गरेर चढ्ने जाँगर नै लगाइएको छ । हरिहर भवन पुल्चोकमा विभिन्न सरकारी कार्यालयले उपयोग गरेर काम नलाग्ने भएका गाडी झाडीभित्र छन् । रातदिन हिँड्ने सरकारी ठूला मानिसलाई यो दृश्य विझाउँदैन । बाटाबाटामा अलपत्र रहेका हेर्नुस् सरकारी गाडीका विजोग ।
सरकारी गाडी कवाडखाना