मन्त्रालयका कामप्रति प्रधानमन्त्री असन्तुष्ट

मन्त्रालयका कामप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत काम कारवाहीप्रति असन्तुष्टि जनाएका छन् । उनले छिटो भन्दा छिटो बजेट कार्यान्वयन गर्ने गरि काम गर्न निर्देशन दिए । सिंहदरबारमा आज बसेको मन्त्रालयगत प्रगति समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले आर्थिक वर्षको पहिलो दुई महिनाको मन्त्रालयगत कामकारवाही तिव्र गतिमा अघि बढ्न नसकेको भन्ने असन्तुष्टि जनाए ।

बैठकमा बजेट कार्यान्वयनमा देखिएको नीतिगत समस्याका बारेमा पनि छलफल भएको सहभागी एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आफ्नो जिम्मेवारीलाई तदारुकताका साथ अघि बढाउन पनि निर्देशन दिएका छन् । उनले मुलुकको विकासको बाटोमा अघि बढिरहेको भन्दै यसमा कर्मचारीहरु र सरोकारवाला सवै क्षेत्र तिव्र रुपमा गम्भीर भएर लाग्नुपर्ने धारणा पनि राखे ।

सबै मन्त्रालयको मन्त्री, सचिव लगाएत सहभागी बैठकमा सचिवहरुले मन्त्रालयगत काम कारवाही र बजेटको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए । यसअघि चौमासिक रुपमा मन्त्रालयगत प्रगति समिक्षा हुने भएपनि प्रधानमन्त्री ओलीले पहिलो दुई महिनाकै मन्त्रालयगत प्रगतिका बारेमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रालयगत प्रगति समिक्षा बैठक

संम्बधित खबर

विशेष