विदेश

चिनिया राष्ट्रपती सीले गरे विश्वकै ठुलो बिमानस्थलको उद्घाटन !

चिनिया राष्ट्रपती सीले गरे विश्वकै ठुलो बिमानस्थलको उद्घाटन !


बेईजिङ्ग  , चीनका राष्ट्रपति सी जिपिङले दासिङ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । ४५ महिना लगाएर ८० अर्ब युआन (११.२ अर्ब अमेरिकी डलर) लागतमा चीनको राजधानी बेइजिङदेखि दक्षिणमा निर्माण भएको चीनको नयाँ प्रवेशद्वारको उनले उद्घाटन गरेका हुन् । 

 दासिङ अन्तर्राष्ट्रिय विमानस्थल आधिकारिक रूपमा सञ्चालन आएसँगै बेजिङको उड्डयनमा दुईवटा ‘हब’को युग सुरु भएको विमानस्थलले जनाएको छ।  दासिङ अन्तर्राष्ट्रिय विमानस्थल भएर १० करोड यात्रुहरुको आवतजावत हुने समेत अपेक्षा रखिएको छ।  

नयाँ  विमानस्थल सञ्चालन भएसँगै बेइजिङ र उत्तरी चीनको तियानजिन महानगरका दुई सहरका तीनवटा विमानस्थल भएर करोडौँ यात्रुहरु आवतजावत  हुनु चीनको नागरिक उड्डयन उद्योगका लागि ऐतिहासिक भएको अधिकारीहरुले जनाएका छन् । 

दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुले सुरक्षा जाँचका क्रममा बोर्डिङ पास देखाउनु नपर्ने , सबै चेकजाँच र सुरक्षाका लागि नयाँ फेसियल रिकग्निसन सिस्टम (अनुहार हेरेर पहिचान गर्ने नयाँ प्रणाली)ले गर्नेछ । नयाँ विमानस्थलमा चीनको इस्टर्न एयरलाइन्सले २०० ठूला र मध्यम आकारका हवाइजहाजहरु मार्फत अमेरिका, युरोप, ओसिनियाँ, साउथ इस्ट एसिया, जापान र दक्षिण कोरियासँगै चीनको हङकङ, मकाउ र ताइवानलाई चिनियाँ केन्द्रसँग जोड्नेछ ।

बिश्व उड्ययन बजारको दोस्रो स्थानमा रहेको चिनमा सन् २०१८ को अन्त्य सम्ममा ३५ वटा नागरिक विमानस्थलहरु संचालनमा आएका थिए।  यदि यहि अनुपातमा चीनमा विमानस्थल निर्माण हुने हो भने २०२५ सम्ममा चीन बिश्व उड्ययन बजारको शिर्ष स्थानमा रहने छ।  

विशेष