११ वर्षीय बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ
नवलपरासी । चितवनको भरतपुर महानगरपालिका–१६ घर भई हाल कावासोतीमा बस्दै आएका ६५ वर्षीय टेकबहादुर घलेलाई १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
घलेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो। उनलाई अदालतमा म्याद थप गरि अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। अनुसन्धानका बालिकाको पेटमा ७ महिनाको बच्चा रहेको खुलेको छ।