News

अमेरीकी राजदूत बेरीले भेटे नेपाल र देउवालाई 

अमेरीकी राजदूत बेरीले भेटे नेपाल र देउवालाई 

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदुत रेण्डी बेरीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेका छन् । विहीवार बिहान देउवा निवास बुढानिलकण्ठमा कांग्रेस सभापति देउवासँग भेट गरे भने नेकपा वरिष्ठ नेतासँग पनि भेटवार्ता गरे ।

बिहिबार विहान नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपालसँगको भेटमा नेपाल–अमेरिका सम्बन्धसँगै विकसित पछिल्ला राजनीतिक घटनाक्रमहरु, नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको सम्भावनाहरु तथा दुई देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको जनाइएको छ ।

विहीबारै देउवासँग भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटना क्रम, नेपाल अमेरिका सम्बन्ध लगायतका विषयमा कुराकानी भएको सभापति देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भेटवार्ताको फोटो सामाजिक सञ्जालमा राख्दै सभापति देउवाले भेटमा नेपाल–अमेरिका सम्वन्धलाई थप मजवुत बनाउने र दुई देशबीचको दशकौदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषयमा छलफल भएको जानकारी दिएका छन् ।

 

अमेरिकी राजदुत रेण्डी बेरी

विशेष