कृषि विकास बैंक ह्याक प्रकरणमा पक्राउ परेका थप तीन काे हुन्? कहाँ बाट पक्राउ परे?
काठमाडौं - कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार पक्राउ पर्नेमा महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याल रहेको छन्।
उनले भने,‘भट्टको महेन्द्रनगरस्थित कृषि विकास बैंकको शाखाको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ। त्यस्तै पर्वतकी मालतीदेवी न्यौपानेको खातामा २४ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ।’
उनीहरु पनि यस अपराधमा संलग्न भएको भन्दै प्रहरीले भट्टलाई कन्चनपुर, न्यौपानेलाई पर्वत र बस्यायलाई काठमाडौ नयाँ बसपार्कबाट नियन्त्रण लिएको हो।
प्रहरी स्राेतका अनुसार उनीहरु घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटरसँग यसअघि पटक पटक भेटघाट गरेका छन्। उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ।