News

जामले बिरामीकाे ज्यान गएपछि गृहमन्त्रीले दिए यस्तो निर्देशन

जामले बिरामीकाे ज्यान गएपछि गृहमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले सवारी जाम हटाउन आवश्यक सबै व्यवस्था मिलाउन निर्देशन दिएका छन्। नौबिसे–कलंकी सडकखण्डमा भइरहेको सडक मर्मतका कारण एक बिरामीको ज्यान गएपछि उनले सवारी जाम हटाउन आवश्यक सबै व्यवस्था मिलाउन सम्बद्ध सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

उनले ट्राफिक जाम अत्याधिक बढेको जनगुनासो आएको भन्दै तत्काल जनताले महसुस हुनेगरी जाम हटाउन निर्देशन दिए।

गृहमन्त्री थापाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेस थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकाललाई आज मन्त्रालयमा बोलाएर जाम हटाउन आवश्यक पहलकदमी लिन निर्देशन दिए।

उनले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला तथा मालबाहक सवारीसाधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन, आवश्यक क्रेनको व्यवस्था मिलाउन समेत भनेका छन्। जाममा परेका बिमारीहरुको आवश्यकताअनुसार उद्धारका सबै उपाय अपनाउन समेत उनले निर्देशन दिए।

विशेष