News

बैंकिङ प्रणाली ह्याक गर्नेमाथि निगरानी राख्न राष्ट्र बैंकले वित्तीय संस्थालाई दियो यस्तो निर्देशन

बैंकिङ प्रणाली ह्याक गर्नेमाथि निगरानी राख्न राष्ट्र बैंकले वित्तीय संस्थालाई दियो यस्तो निर्देशन

काठमाडौं – बैंकिङ प्रणाली ह्याक गर्ने चोरहरुले एटिएम बुथबाट पैसा निकाल्न थालेपछि केन्द्रीय बैंकले सुरक्षा गार्ड राख्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले एटिएम बुथमा सुरक्षा गार्ड राख्न बैंक, वित्तीय संस्थालाई निर्देशन दिएको हाे।

केन्द्रीय बैंकको निर्देशनसँगै बैंक, वित्तीय संस्थाले अब आफ्नो एटिएम बुथमा एकजना सुरक्षा गार्ड अनिवार्य राख्नुपर्ने भएको छ।नेपाल राष्ट्र बैंकले बिहीबार एक विज्ञप्ति जारी गरी भुक्तानी सेवा प्रदायक बैंक, वित्तीय संस्थालाई अनिवार्य रुपमा २४सै घन्टा सुरक्षा गार्ड राख्न निर्देशन दिएको छ।

केही दिनअघि चिनियाँ नागरिकले विभिन्न बैंकका एटिएमबाट साढे तीन करोडभन्दा बढी रकम निकालेपछि एटिएम बुथमै सुरक्षाकर्मी खटाउनुपर्ने आवश्यकता महसुस गरिएको हो।

त्यसैगरी, भुक्तानीसम्बन्धी कारोबार गर्ने हरेक संस्थालाई सूचना प्रविधिका लागि आकस्मिक सहायता समूह गठन गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाको प्रणालीमा शंकास्पद गतिविधि भए तुरुन्त राष्ट्र बैंकलाई जानकारी गराउन पनि निर्देशन दिएको छ।

विशेष