News

सिंगापुरमा नेपाली भिक्षुलाई ५ महिनाको जेल !

सिंगापुरमा नेपाली भिक्षुलाई ५ महिनाको जेल !

महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेक ४२ बर्षिय नेपाली भिक्षु दावा तामांगलाई सिंगापुरको राज्य अदालतले पाँच महिनाको जेल सजाय सुनाएको छ।  

गत असार १६ गते सिंगापुरको गेलांगस्थित एक होटल अगाडी बाटोमा हिडिरहेकी महिलाको छातीमा छोएको आरोपमा तामांगलाई  प्रहरीले पक्राउ गरेको थियो।   दुर्व्यवहारमा परेकी महिलाले आफ्नो वास्तविक परिचय भने अदालतसामु खुलाएकी छैनन।  

सिंगापुर राज्य अदालतका कर्युअकरी संचार निर्देशक ब्रायन जेकोबले तामांगलाई असर २८ देखि लागु हुने गरि आगामी मङ्सिर २८ अर्थात् ५ महिनाको लागि जेल सजाय सुनाईएको बताएका छन। अदालतले उनका लागि ५ महिनाको जेल सजाय ठहर गरेको दण्ड संहितामा यौन अपराधका लागि कोर्रा हान्ने ,जरिवाना या दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।  

सिंगापुर महिलाका लागि निकै नै सुरक्षित रहेकॊ छ।  घटना लगत्तै तामांगले महिलासंग माफी मागेको र महिलाले माफी दिन अस्विकार गरेर पछि उनलाई प्रहरिले पक्राउ गरेको थियो।  

यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेख्नु भएको छ।  

विशेष