News

'नेपालमाथि कसैले दबाब दिएको हेर्न सक्दैनौं' ( भिडियो )

'नेपालमाथि कसैले दबाब दिएको हेर्न सक्दैनौं' ( भिडियो )

काठमाडौं–  नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपालमाथि कसैको दवाव वा प्रभाव हेर्न नचाहेको बताएका छन् । राजदूत बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा उभिएको र उभिनै रहने विश्वास पनि व्यक्त गरे ।

इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले काठमाडौँको पेभेलियन हलमा गरेको ‘नेपालमा अमेरिकी कुटनीति’ विषयक अन्तरक्रियामा राजदूत बेरीले अमेरिकाले अघि सारेको इण्डोप्यासिफिक स्ट्राटेजी रणनीति नभई इण्डोप्यासिफिक क्षेत्रका लागि अघि सारेको नीति भएको स्पष्ट पारे। 

राजदूत बेरीले भने,‘हामीले कुनै पनि सार्वभौम मुलुकको सार्वभौमिकतामाथि दबाब दिने काम गर्दैनौँ, अन्य देशले समेत हस्तक्षेप गरेको हेर्न चाहदैनौँ ।’ राजदूत बेरीले इण्डोप्यासिफिक रणनीति सैन्य साझेदार वा अन्य कुनैपनि प्रकारको संगठन नभएको भन्दै कुनैपनि देशलाई आफ्नो पक्षमा ल्याउने नीति नभएको बताए । उनले भने,‘रणनीति प्रतिरक्षा नीति हैन ।’

संसारका सार्वभौम र साना सबै देशहरुले यस रणनीतिबाट फाइदा लिने बताउँदै राजदूत बेरीले भने, ‘इण्डो प्यासिफिक क्षेत्रमा रहेका देशहरु स्वतन्त्र, खुला र सुरक्षित रहने वातावरण बनाउन रणनीतिले सहयोग गर्नेछ ।’ नेपाल बलियो हुँदा अमेरिका समेत बलियो हुने र अमेरिका बलियो हुँदा नेपाल बलियो हुने विश्वासमा अमेरिका रहेको उनले बताए । नेपालको सार्वभौमिकता बलियो हुनुपर्ने उनको भनाइ थियो ।

‘नेपालमा अमेरिकी कुटनीति’ विषयक अन्तरक्रियामा धारणा राख्दै राजदूत बेरीराजदूत बेरीले अमेरिकारले नेपाल चीन, भारत वा अमेरिका कुनै पनि देशको पक्ष वा विपक्षमा नभई नेपाल आफ्नै देशको पक्षमा रहेको हेर्न चाहेको तर्क गरे ।

उनले भने,‘नेपाल प्रो नेपालीकै पक्षमा रहेको हामीले हेर्न चाहेका छौँ । हामी संसारका अन्य कुनैपनि देशजस्तो हैनौँ, स्वतन्त्र सार्वभौम मुलुकले आफ्नो देशको नीति आफै निर्धारण गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ ।’तर त्यसका लागि नेपालमाथि आफ्नो मुलुकले कुनै पनि प्रकारको दवाव प्रभाव केही पनि नदिने राजदूत बेरीको भनाई थियो ।

चीनले अघि सारेको ‘बिआरआई’ अवधारणामाथि नेपालमा बहस भइरहेका बेला अमेरिकी राजदूत बेरीले आफ्नो मुलुकले पनि इन्डोप्यासिफिक क्षेत्रको हितका लागि ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ अघि सारेपनि सो रणनीतिमा नेपाललाई साझेदार बन्न दवाव नदिने प्रष्टयाएका हुन् ।

दुई मुलुकबीचको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गराउँदै राजदूत बेरीले नेपाललाई अमेरिकी सरकारले हरेक वर्ष सहयोग गर्दै आएको पनि स्मरण गराए । यसवर्ष पनि अमेरिकाले सहयोग स्वरुप मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अन्तरगत नेपाललाई ५० अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने राजदूत बेरीले बताए । उनले नेपालको गरिवी निवारण र आर्थिक विकासमा सहयोग पु¥याउने अमेरिकी सरकारको लक्ष्य रहेको पनि बताए । राजदूत बेरीले नेपाल भूपरिवेष्ठित मुलुकका रुपमा स्वतन्त्र र सार्वभौम मुलुक रहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन आफ्नो मुलुक सदा सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए ।

राजदूत बेरीले दुई मुलुकबीचको सम्बन्धलाई अझ मजबुत बनाउन उच्चस्तरको राजनीतिक भ्रमण भइरहेको र भविष्यमा समेत भइरहनै रहने पनि बताए । उनले नेपालमा भुटानी शरणार्थी व्यवस्थापनमा अमेरिकाले सहयोग गरेको स्मरण गराउँदै अन्य क्षेत्रको पनि पहिचान गरी सहयोग उपलब्ध गराउने योजना रहेको पनि बताए । 

">

 

विशेष