दसैंलाई लक्षित गरेर राजधानीमा घुमुवा प्रहरी परिचालन
काठमाडौँ — दसैंलाई लक्षित गरेर राजधानीमा घुमुवा प्रहरी परिचालन गरिएको छ। चाडपर्वमा हुनसक्ने सम्भावित अपराधका सूचना संकलन गर्न भन्दै घुमुवा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। राजधानीमा डीएसपीसहित ९३ जना प्रहaरी ‘घुमुवा’ प्रहरी सुरक्षाका लागि खटिएका छन् ।
काठमाडौंमा १ डीएसपी र २ इन्स्पेक्टर सहित ५०, भक्तपुरमा ३० र ललितपुरमा १३ गरी ९३ जना प्रहरी अधिकृत तथा जवानहरु सादा पोशाकका रुपमा खटिएका हुन् । दशैं, तिहार, छठ, नेपाल सम्बत अवधिभर उनीहरुलाई फिल्डमै तैनाथ गराइने जनाइएको छ । प्रहरी मूख्यालयदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्व रहने वडारइलाका प्रहरी कार्यालय स्तरका युनिट इन्चार्जसम्मले चाडपर्व बाहेक नै घुमुवा तैनाथ गराउँदै आएका छन् ।
‘चाडपर्व सुरक्षा योजना अन्तर्गत उपत्यकामा ९३ सादा पोशाकका प्रहरीलाई खटाइएको छ,’ स्रोतले भन्यो, ‘सार्वजनिक यातायातका टिकट काउन्टर, बैंकरवित्तीय क्षेत्र, गहना पसल र दशैंबजार क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मी बढी केन्द्रीत हुने छन् ।’
दसैंरतिहार, छठ, नेपाल सम्वतलगायत पर्व सुरक्षा योजना अन्तर्गत महानगरीय प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ५ एसपी र १७ डीएसपी सहित ६ हजार १ सय ५२ जना प्रहरी खटाइसकेको छ ।