सवारी जामका कारण यात्रुको बसभित्रै मृत्यु !
धादिङ असोज १० , रौतहटबाट काठमाडौँ आउदै गरेका बिरामीको सडक जाममा कारण बसभित्र नै मृत्यु भएको छ। दुवै मृगौला फेल भएर स्वास्थ्य उपचार गर्न भनि आएका ३५ वार्षिय रूपलाल शाहको रात भरको सडक जामको कारण धादिङको थाक्रे ६ महादेबबेशी स्थीत पृथ्वी राजमार्गमा बस भित्रै मृत्यु भएको प्रहरीले जनाएको छ।
आर्थिक विपन्नताका कारण एम्बुलेन्सको साटो बसमा नै अस्पताल जान भनि आएका शाहको बसभित्र नै मृत्यु भएको हो। केही दिन अघिदेखि नौविसे नागढुङगा सडक खण्डमा सवारी जाम धादिङ तर्फ २२ किलोमिटर सम्म भईरहेको छ।
राजमार्ग अस्तव्यस्त हुदा कुनै नागरिक बाच्न पाउने अधिकारबाट बन्चित हुदा समेत सम्बन्धित निकाय मुखदर्शक भएको प्रति यात्रुहरुको आक्रोश व्यक्त गरेका छन।