अविवाहित महिलालाई मोबाईल बोक्न रोक, बोकेमा १ लाख ५० हजार जरिवाना !
एजेन्सी , भारतको गुजरातमा अविवाहित महिलाहरुका लागि मोबाइल बोक्न प्रतिबन्ध लगाईएको छ। गुजरातको जाललो गाउँको ठाकोर समुदायले अविवाहित युवतीहरूले मोबाइल बोक्नुलाई उचित मानेको छैन। यस समुदायका मानिसहरुले गाउँमा पंचायत बोलाएर यस्तो निर्णय गरेका हुन्।
यहाका स्थानीयहरुले पंचायतलाई संबिधान सरह मान्ने गरेका छन। यदि कुनै अविवाहित महिलाबाट मोबाईल फोन बरामद भएको खण्डमा उनीहरुका अविभावकले पंचायतलाई १ लाख ५० हजारसम्मको जरिवाना बुझाउनु पर्ने नियममा उल्लेख छ।
यो भन्दा बाहेक यदि कुनै पनि महिलाले परिवारको आदेश बिपरित बिवाह गर्नुलाई पनि अपराध मान्दछ। विवाहमा अनावश्यक खर्च रोक्नका लागि डिजे र आतिसबाजीमा पनि पञ्चायतले रोक लगाउने निर्णय गरेको छ ।