पासांग ल्हामु शेर्पाकी छोरी दावा फुटी स्पेनका लागि राजदुत नियुक्त !
काठमाडौँ असोज १० , नेपालकी प्रथम सगरमाथा आरोही पासांग ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूतमा नियुक्त भएकी छिन। फुटीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्ती गरेकी हुन्।
उनलाई गत जेठमा सरकरले राजदूतका लागि नियुक्ती गरेको थियो। पासांग ल्हामु फाउन्डेसनकी अध्यक्ष समेत रहेकी फुटी केहि महिना अघि मात्र अमेरिकाको पढाई सकेर नेपाल आएकी हुन्।