गगन थापाले जुम्लाका पत्रकारलाई चार घण्टा कुराएर फर्काए, पत्रकारद्वारा भर्त्सना
जुम्ला । नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन कुमार थापाले जुम्लामा पत्रकारलाई बेवास्ता गरेका छन् । बिहीबार नेपाली कांग्रेस जुम्लाको बृहत आमसभालाई सम्बोधन गर्न आएका थापासँग पत्रकार सम्मेलनका लागि चार घण्टा जुम्ला विमानस्थलमा कुरेका पत्रकारलाई बेवास्ता गरि पठाएका हुन्।
कांग्रेस नेता तथा चन्दननाथ नगरपालिका ५ वडाध्यक्ष गोल्डेन कठायत, युवा नेता महेन्द्र कार्कीसंग समन्वय गरी प्रेस युनियनले गरेको पत्रकार सम्मेलनलाई बेवास्ता गर्दै सांसद थापाले कार्यक्रम अगाडि पत्रकारसँग नबोल्ने अभिव्यक्ति दिए। डेढ दर्जन बढी पत्रकार थापाको पर्खाइमा दिउँसो १ बजेदेखि साढे ४ बजेसम्म विमानस्थल कुरेका थिए। पत्रकार सम्मेलन कक्षमा ब्यानर टाँसी सकेको अवस्थामा समय छैन अहिले पत्रकारसँग बोल्दिनँ भन्दै झर्किएर गएपछि पत्रकार सम्मेलन स्थगित भएको हो।
कार्मा बुढा, कान्तिका सेजुवाललगायतका कांग्रेसका कार्यकर्ताले पत्रकार सम्मेलन नगर्ने भन्दै अगाडीस बाटै भनेको र अन्नत चार घण्टा कुरेका पत्रकारलाई बेवास्ता गर्न लगाएको प्रेस युनिकयनकै सदस्य प्रकाश उपाध्यायले बताए। उनका अनुसार टाँसेको ब्यानरको पनि कुनै मर्यादा नराखी स्वयं गगन थापासहित नेता कार्यकर्ताले पत्रकार सम्मेलन चाहिँदैन भनेका छन्।
पहिला समय दिने, स्वयं गाडी पठाएर विमानस्थल लिने तर पछि पत्रकारलाई बेवास्ता गरेको घटना प्रति पत्रकार महासंघ जुम्लाले आपत्ती जनाएको छ। महासंघका अध्यक्ष बरम बहादुर महतले आफ्नै पर्खाईका बसेका पत्रकारहरुलाई वास्ता नगरी झोकमा बोल्दिनँ भनि जानु, चार घण्टा कुराएर टाँसेको ब्यानर समेतको अपमान गरेको प्रति नेपाली कांग्रेसप्रति भर्त्सना जनाए। पत्रकारलाई खेलौना जस्तै बनाउने, भन्दै अध्यक्ष महतले आक्रोश व्यक्त गरे।
गगन थापा