News

ट्रम्पको गोजीबाट २० डलर फरर...

ट्रम्पको गोजीबाट २० डलर फरर...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पाइन्टको पछाडि गोजीमा पैसा बोकेर हिँड्ने अनौठो शोख छ। हुन त अमेरिकामा सानाभन्दा साना काम डेविड, क्रेडिट कार्डबाट हुन्छ । सामान्यभन्दा सामान्य नागरिकको दैनिक कारोवार यसैबाट चल्छ । अमेरिकाका धनाढ्य मध्येका एकको परिचय बनाएका शक्तिशाली राष्ट्रपतिको पकेटमा नगद किन देखियो ?

यो जिज्ञासाले धेरैलाई हैरान बनायो । उनको पछाडि गोजीमा उचालिरहेको २० डलरको नोट मज्जाले देख्न सकिन्छ । हवाई जहाज चढ्दै थिए, अलि अलि चलेको हावाले उनको नगद बोकी हिड्ने बानी सबैका सामु देखाइदियो ।

राष्ट्रपति ट्रम्पले वालेट अर्थात मनि ब्याग खल्तीमा बोकेर नहिँडेको पनि धेरै भएछ । राष्ट्रपति एवं व्यवसायी ट्रम्पले बिना वालेट क्यास नगद बोकेर हिँड्दा रहेछन, जुन कर्म उनको पदीय मर्यादा अनुकूल थिएन । नगदको बिटो पाइन्टको गोजीमा किन बोकेको भनेर सोध्दा उनले भने– ‘मलाई होटलमा टिप्स दिन मन पर्छ । बसेको होटलमा टिप्स दिन्छु । जब मलाई टिप्स दिने इच्छा हुन्छ, त्यसबेला यही क्यास झिकेर दिने गर्दछु ।’ 


 

डोनाल्ड ट्रम्प

विशेष