शरणार्थीको संख्यामा भारी कटौती गर्ने ट्रम्प प्रशासनको घोषणा
अमेरिकाले शरणार्थीहरूको संख्या भारी मात्रमा कटौती गरेको घोषणा गरेको छ।
विदेश मन्त्रालयले आउँदो वर्ष बढीमा १८ हजारलाई मात्र पुनर्स्थापित गर्ने बताएको छ। यो संख्या शरणार्थी पुनर्स्थापना कार्यक्रमको इतिहासमा सबैभन्दा कम हो। यस वर्ष त्यो संख्या ३० हजार तोकिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकारपछि हट्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन्। उक्त आदेशपछि अब अमेरिकामा शरणार्थीको संख्या भारी मात्रमा कटौती हुने भएको हो।
ट्रम्प प्रशासनले जनाएअनुसरा उपलब्ध कोटा अमेरिकी सेनालाई सघाएका इराकीहरूका साथै सताइएका धार्मिक अल्पसंख्यकका निम्ति छुट्याइएको छ। यद्यपि मानव अधिकारवादी संस्थाहरूले अमेरिकी सरकारको उक्त कदमको विरोध गरेका छन्। कतिपयले यो निर्णयले दुनियाँ भरका कमजोर मानिसहरूको रक्षा गर्ने अमेरिकी नेतृत्वलाई थप नोक्सान पुर्याएको बताएका छन्।