News

धादिङमा ट्याक्टर दुर्घटना : ९ जना घाइते, थप उपचारको लागि काठमाडौं ल्याइँयाे

धादिङमा ट्याक्टर दुर्घटना : ९ जना घाइते, थप उपचारको लागि काठमाडौं ल्याइँयाे

धादिङ - धादिङमा ट्याक्टर दुर्घटना हुँदा ९ जना मजदुर घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका जाजरकोट जिल्ला छेडागाढ नगरपालिका वडा नं ५ का कर्णबहादुर चदरा र कृष्णबहादुर राउतको अवस्था चिन्ताजनक रहेको छ। उनीहरुलाई जिल्ला अस्पताल धादिङवेशीमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टर पठाइएको छ। 

धादिङवेशी आरुघाट सडकखण्ड अन्तरगत नीलकण्ठ नगरपालिका वडा नं ९ पौवाखाल्टोमा ट्याक्टर दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन्। 

सडक आयोजनाकै काम गर्ने मजदुरहरु सवार रहेको ना ६ त २७८० नम्बरको ट्रयाक्टर तीव्र गतिका कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताए। ज्यामिरेबाट धादिङबेसीतर्फ काम गर्ने मजदुरहरु लिएर आइरहेको बेला घुम्तीमै ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका अन्य ७ जना मजदुरहरुको जिल्ला अस्पताल धादिङवेशीमै उपचार भइरहेको छ। ट्याक्टर चालक उदयपुरका संजय चौधरी र ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिए। 

विशेष