उपनिर्वाचनका लागि दल दर्ता आह्वान 

उपनिर्वाचनका लागि दल दर्ता आह्वान 

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले दल दर्ताका लागि यही भदौ मसान्तभित्र दर्ता हुन आह्वान गरेको हो । २०७४ सालको चुनावमा सहभागी दलले भने फेरि दल दर्ता गर्नु नपर्ने आयोगले जनाएको छ ।

तर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), गत वैशाखमा एक भएका संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीले भने उपचुनावका लागि दल दर्ता गनुपर्नेछ ।

आयोगले उप चुनावमा भाग लिन चाहने दलले विधान, घोषणापत्र, चुनाव चिन्हको नमुनासहित तोकिएको समयभित्र दल दर्ता गर्नुपर्ने स्पष्ट पारेको छ ।  

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार मंसिर १४ गते प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरप्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र विभिन्न जिल्लाका स्थानीय तहमा गरी ४१ वडा अध्यक्षसहित कुल ५० पदमा पदका लागि उपनिर्वाचन हुने छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन गण्डकी प्रदेशको कास्की जिल्लाको क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ भने सोही प्रदेशको बागलुङ, प्रदेश ३ को भक्तपुर र प्रदेश ५ को दाङमा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । यसैगरी, स्थानीय तहका लागि ३६ जिल्लामा उपनिर्वाचनको प्रभाव पर्ने भएको छ ।

निर्वाचन आयोग उपनिर्वाचन चुनाव

संम्बधित खबर

विशेष