News

घटस्थापनाका दिन सार्वजनिक बिदा दिने प्रदेश सरकारको घोषणा !

घटस्थापनाका दिन सार्वजनिक बिदा दिने प्रदेश सरकारको घोषणा !

पोखरा असोज ११ , गण्डकी प्रदेशले घटस्थापनाका दिन (असोज १२) गते  सार्वजनिक बिदा दिने घोषणा गरेको छ।  मन्त्रिपरिषदको  बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी  दिएका छन।   ‘प्रदेश सरकारले वर्षमा दिनसक्ने ६ दिन विदामध्येबाट उक्त विदा दिने निर्णय गरेको हो।  

संघ सरकारले भने १८ गते फूलपातीदेखि २२ गते एकादशीसम्म सार्वजनिक विदा दिने निर्णय यसअघि नै गरेको थियो । 

पछिल्लो समय प्रदेश र स्थानीय सरकारले विभिन्न पर्वमा आफू मातहतका कार्यालयमा बिदाको निर्णय गर्दै आएका छन् । 
 

 

विशेष