जापान रोजगारी : अनलाइन आवेदन खुल्यो, एक हजारले मात्र परीक्षा दिन पाउने
काठमाडौं । लामो समयको प्रतीक्षापछि जापानमा रोजगारीका लागि आवेदन खुल्ला भएको छ। शुक्रबारदेखि अनलाइन आवेदन खुलेको हो। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्।
शुक्रबार सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ। जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागी हुन पाउनेछन्।
आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्रमार्फत आवेदन छानिनेछन्। जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर) का लागि नेपाली कामदार लैजान लागेको हो।
जापान