News

बैतडीमा बस दुर्घटना, २१ घाइते, ६ को अवस्था गम्भीर

बैतडीमा बस दुर्घटना, २१ घाइते, ६ को अवस्था गम्भीर

बैतडी । शनिबार बिहानै बैतडीमा बस दुर्घटाना भएको छ । महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको ना४ख ४०१९ नम्बरको  रात्रीबस शनिबार विहान ३ बजेर दुई मिनेटमा बैतडीको पाटन नगरपालिका–६ लोर्खामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर २१ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको डडेल्धुरा उपक्षेत्रीय अस्पताल रेफर गरिएको ईलाका प्ररहरी कार्यालय पाटन बैतडीका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले बताए । अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

दुर्घटनमा घाईते भएर रेफर हुनेमा मेलौली नगरपालिका–६ का ६ वर्षिय बालक रबिन्द्र नेगी, कञ्चपुर भीमदत्त नगरपालिका–५, का १२ वर्षिय सजल दयाल, सोही ठाउँका वर्ष ६६ का किशन दयाल, भीदत्त नगरपालिका १०, का ३३ वर्षीया सीतादेवी चन्द, भारतको बनवासा घर भएका वर्ष ५२ का जगतसिंह चौहान, डडेल्धुरा अमरगडी नगरपालिका बसपार्क बस्ने वर्ष २६ का केशव साउद रहेका छन् ।

दुर्घटनामा परि सामान्य घाईते हुनेमा भीमदत्त नगरपालिका १० का कुन्दन चन्द, सोही ठाउँ बस्ने मनिशा चन्द, मेलौली नगरपालिका–५ का उमेश भट्ट ( वर्ष १९) मेलौली नगरपालिका –७ का देवदत्त भट्ट (वर्ष ४२) मेलौली नगरपालिका–२ का मीना दमाई, (वर्ष ४१) बहादुर दमाई (वर्ष ४२) शिवनाथ गाउँपालिका–२ का सरिता राना (वर्ष ३३) जानकी राना (वर्ष ३४) जीवन राना (वर्ष ३८) अमित राना (वर्ष ६) माया राना (वर्ष १४) रोशन राना (वर्ष १४) सुरज राना (वर्ष ८) आरती राना (वर्ष ८) रहेका छन्।

दुर्घटनामा परेर बस सडकबाट पाँच मिटर तल खेतमा खसेको छ । साँघुरो सडकमा दायाँतिरको खाल्डो जोगाउन खोज्दा बस कच्ची माटोमा धसिएर पल्टिएको ईलाका प्रहरी कार्यालय पाटन बैतडीले जानकारी दिएको छ ।

यसैबीच पाटन नगरपालिका वडा नम्बर ८ धारी बस्ने वर्ष १४ का सुनिल महराको बाख्रा चराउन गएको बेला भीरबाट लडेर मृत्यु भएको छ । शुक्रवार भीरबाट लडेर गम्भीर घाईते भएका सुनिलको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारको क्रममा शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

बस दुर्घटना

विशेष