तीजको धार्मिक, सामाजिकसँगै वैज्ञानिक महत्व छ : कान्ता भट्टराई (भिडियोसहित)

तीजको धार्मिक, सामाजिकसँगै वैज्ञानिक महत्व छ : कान्ता भट्टराई (भिडियोसहित)

काठमाडौँ । संस्कृतिविद् एवं पूर्वराज्यमन्त्री कान्ता भट्टराई । भट्टराई धर्मका लागि खुलेरै लागेकी व्यक्तित्व हुन् । आधा आकाश ढाकेका देश विदेशका सबै नेपाली नारीहरुले सोमबार तीज मनाए ।

नको भनाईमा हरित अर्थात (हरण गरिएकी) र आलिका अर्थात् (शखीद्वारा), यसको अर्थ सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास लाई हरितालिका तीज भनिएको हो ।

बाल्यकालदेखि नै महादेव स्वामी पाउनका लागि हिमालय पर्वतकी पुत्री पार्वतीको मनमा के कसरी विचार आयो त ? भट्टराई भन्नुहुन्छ मरणकालमा जस्तो सोच छ अर्को जन्ममा पनि त्यस्तै सोच हुन्छ । त्यस्तै भावले जन्म लिन्छ । यस अर्थमा पूर्वजन्ममा सतीदेवीले महादेवको कामनासहित प्राण त्याग गरेको हुनाले पार्वतीरुपी जन्ममा महादेवको कामना गरेकी हुन् ।

श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेकी पार्वतीलाई पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले जगदीश्वर श्री महादेव स्वामी पाऊँ भनी निर्जल व्रत बसेको हुनाले यस पर्वको नाम हरितालिका रहेको हो । 

यस हरितालिका चेली माइतीको सम्बन्ध, गीतसंगीतमार्फत समाजका यथार्थताको जागरण, समाजभित्र महिलाहरुको भोगाई पीडा अनि खुशीहरुका पनि यथार्थताबारे उजागर गर्ने पर्व हो ।
तीजको अघिल्लो दिन दिनभर भोकै पानीसमेत नखाई व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन अडिलो खानेकुरा खाने भएकाले दर खाने प्रचलन बसेको हो ।

अर्कोतर्फ पञ्चमीका दिन सप्तर्षिहरुको पूजा गरिन्छ । धार्मिक, सांस्कृतिक, सामाजिक लगायतका महत्व बोकेको तीज, दर खाने दिन अनि ऋषि पञ्चमीबारे धर्मसंस्कृतिमा पिएचडीको अध्ययनसमेत पूरा गर्नुभएकी संस्कृतिविद्, पूर्व राज्यमन्त्री कान्ता भट्टराईसँगको कुराकानी । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

 


 

संम्बधित खबर

विशेष