सरकारले गोरखकाली रवर उद्योगसहित ६ सार्वजनिक संस्थान निजी क्षेत्रलाई सुम्पिँदै
काठमाडौं : सरकारकाले सार्वजनिक संस्थानलाई निजीकरण गर्ने भएको छ। सरकारले ६ वटा सार्वजनिक संस्थान निजी क्षेत्रलाई चलाउन दिने भएको हो।
हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रवर उद्योग, ओरियन्टल म्याग्नेसाइट, वीरगंज चिनी कारखाना र जनकपुर चुरोट कारखाना निजी क्षेत्रलाई दिन लागिएको हो।
हेटौँडा कपडा उद्योग र बुटवल भागो कारखाना बहालमा निजी क्षेत्रलाई दिएर सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा पठाएको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका प्रसाद यादवले जानकारी दिए।
गोरखकाली रबर र जनकपुर चुरोट कारखाना चलाउन धेरै उद्योगी तयार देखिएको र उद्योग सञ्चालनका सम्बन्धमा देशी तथा विदेशी कम्पनीसँग छलफल भइरहेको पनि मन्त्री यादवले उल्लेख गरे।
नेपाल सरकारको लगानी रहेका कुनै पनि उद्योगको सम्पत्ती तथा उद्योग बिक्रि नगर्ने गरी देशभर रहेका सरकारको लगानीका रुग्ण उद्योगलाई पुनर्स्थापना गरी निजी क्षेत्रसँगको समन्वयमा सञ्चालन गर्ने तयारी उद्योग मन्त्रालयले गरेको हो।
शुकबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले सरकारले अम्लेखगञ्जदेखि चितवनसम्म र द्रुतमार्गको छेउछेउ काठमाडौंसम्म पेट्रोलियम पदार्थको पाइपलाईन बिच्छयाउनको लागि आवश्यक अध्ययन अघि बढाएको पनि जानकारी दिए।
मन्त्री मात्रिकाप्रसाद यादव