ज्ञानेन्द्र शाहीमाथि आक्रमण : गगन थापादेखि युवा संघका नेतासम्मको सरकारविरुद्ध यस्तो टिका टिप्पणी!
काठमाडाैँ - सामाजिक सञ्जालमा विभिन्न अभियान चलाएर चर्चामा आएका ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहले आक्रमण गरेपछि बिभिन्न राजनीतिक दलका नेताहरुले टिका–टिप्पणी गरेका छन्।
शनिबार चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी चढेकाे बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएपछि उपचारका लागि चितवनमै अस्पतालतर्फ लगिएको थियो। उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको कारण त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ ल्याइएको थियो।
उपचाररत शाहीलाई जोडेर नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा, कांग्रेसकै नेता प्रदिप पौडेल, केन्द्रिय सदस्य धनराज गुरुङ्ग र युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा(दिपशिखा)ले शाहीमाथि आक्रमण गर्नेहरुलाई सरकारले तत्काल कारवाही गर्नुपर्छ भनी माग गरेका छन्। उनीहरुले समाजिक संजालको प्रयोग गरी कारवाहीको माग गरेका हुन्।
स्वयम शाहीले मेयर रेणु दाहाल, एसपी दान बहादु मल्लकै लापारवाहीको कारणले आफूमाथि आक्रमण भएको समाजिक संजाल मार्फत बताएका छन्।
केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो। आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ ।
कसले के भने?
गगन थापा
नेता प्रदिप पौडेल
केन्द्रीय सदस्य धनराज गुरुङ्ग
युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा(दिपशिखा)