पहिरोले जीप पुरियो, यात्रुले भागेर बचाए ज्यान

लमजुङ । बेंशीसहर–चामे सडक खण्डमा पहिरोले काठमाडौंबाट मनाङ घुम्न यात्रु लिएर आएको बा १६ च ५०६८ नम्बरको स्करपियो जीप पुरिएको छ । जीप पहिरोले पुर्न थालेपछि यात्रुले भागेर ज्यान जोगाएका छन् ।
पहिरोले सवारी साधनमा क्षति पुर्याए पनि यात्रुले भागेपछि मानवी क्षतिबाट भने जोगियो । जीपमा चालक सहित पाँच यात्रु रहेका थिए । लमजुङको मस्र्याङदी गाउँपालिका–४, स्याँगेमा शनिबार साँझ गएको पहिरोका कारण मनाङ जाने सडक अवरुद्ध भएको छ ।
बेंशीसहर–चामे सडक खण्डमा पहिरो