६३ वर्षीय मामाको यस्तो कर्तुत : नशालु पदार्थ खुवाएर १४ वर्षीया भान्जीको गर्थे बलात्कार
बझाङ — नशालु पदार्थ खुवाएर १४ वर्षीया भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । केहीवर्ष अघिदेखि नै मामाले बलात्कार गर्दै आएको खुल्न आएको जिल्ला प्रहरी बझाङले जनाएको छ । मामाघरमा बस्दै आएकी आफ्नै भान्जीलाई नशालु पदार्थ खुवाएर बलात्कार मामाले बलात्कार गर्ने गरेको थिए।
पालन पोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै ती मामालेपटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले जानकारी दिए ।
बलात्कारीमाथि प्रहरीले जबरजस्ती करणीमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान गरिरहेको छ ।कक्षा ९ मा अध्ययनरत ती बालिकामाथि बलात्कार गर्ने मामाको उमेर ६३ वर्ष रहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको अनुसार अभियुक्तले जुस जस्तो झोलिलोपदार्थमानसालुवस्तु हालेर लठ्ठाएर बेहोस बनाएर बलात्कार गर्ने गरेका थिए । उनले भान्जीको मोबाइलमा केही अश्लिल तस्बिरसमेत खिचेका थिए ।
गत हप्ता बालिकाको भाइले पीडित बालिकाको मोबाइल चलाउन खोज्दा लक खोल्न नजानेपछि एक जना छिमेकीको सहयोग मागे । छिमेकीले उनको मोबाइल खोल्दा अश्लिल तस्बिरहरु देखेपछि तस्बिरसहित प्रहरीलाई खबर गरेका थिए ।
ती मामाले बालिकालाई नग्न बनाएर सेल्फी फोटोहरु भान्जीकै मोबाइलमा खिचेका थिए । तस्बिरमा बालिका पूर्ण बेहोस अवस्थामा देखिन्छिन भने पीडक पूर्णहोसमा रहेको देखिन्छ ।