News फोटो

आजबाट वडादशैँ सुरु , जमरा राख्ने शुभ साईत १० ;३५ मा !

आजबाट वडादशैँ सुरु , जमरा राख्ने शुभ साईत १० ;३५ मा !

काठमाडौँ असोज १२ , प्रत्येक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मानिने नेपालीको महान पर्व दशैंको पहिलो दिन आज घरघरमा जमरा राखिदै छ।  दशैंको पहिलो दिन' शैलपुत्री' नामकी दुर्गा भवानीको पुजाआजा गर्ने परम्परा रहेको छ।  

 नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।  

दशैको पहिलो दिन नदि या चोखो स्थलबाट बालुवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दशैंघरमा जमरा राखिन्छ।  माटोको कलश स्थापना गरि गोबर टाँसेर जौ रोप्नुलाई जमरा राख्ने भन्ने गरिन्छ।  आज  स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।  

यो संगै असोज २१ गते मङ्गलबार विजयादशमीका दिन बिहान ८ः ४५ बजे देवी विसर्जन गरेपछि १०ः ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

 

 

 

 

 

 

वडादशैँ

विशेष