News

प्याजको मुल्य अझैं बढ्ने

प्याजको मुल्य अझैं बढ्ने

काठमाडौं — भारत सरकारले महँगी बढेकोभन्दै प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याजको निर्यात नीतीमा अर्को आदेश नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो।

भारतीय मिडियाहरुले सरकारको यो निर्णयले पछिल्लो समय भइरहेको प्याजको मूल्य बृद्धिमा कमी आउने बताएका छन् ।

भारतीय वाणिज्य मन्त्रालयले विदेश व्यापार महानिर्देशनालयलाई प्याजको कुनै पनि प्रकार विदेश निर्यात नगर्न निर्देशन दिएको हो । भारतले नियार्तमा प्रतिवन्ध लगाएपछि नेपाली बजारमा प्याजको मूल्य बढ्न सक्ने देखिएको छ ।

पछिल्लो समय भारतीय बजारमा मूल्य बढ्दा नेपालमा पनि प्याजको मूल्य बढेको थियो । प्रतिबन्ध लगाएपछि भने दशैंको मुखमा प्याजनको भाउ बढ्ने संकेत देखिएको छ ।
 

विशेष